PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अहिले बिहेलगत्तै नागरिकता दिने व्यवस्था छ, हटाउन राष्ट्रिय सहमति चाहिन्छः देउवा



पहिलोपोस्ट

अहिले बिहेलगत्तै नागरिकता दिने व्यवस्था छ, हटाउन राष्ट्रिय सहमति चाहिन्छः देउवा
फोटोः रासस

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन्। नीति तथा कार्यक्रममा प्रतिनिधि सभामा जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अंगीकृत नागरिकतासम्बन्धी अहिलेको व्यवस्था परिमार्जनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका हुन्। 

हाल बैवाहिक अंगीकृत नागरिकता विवाहलगत्तै पाउने व्यवस्था छ। समितिले विवाहको सात वर्षपछिको समय प्रस्ताव गरेको छ।   

जवाफका क्रममा देउवाले भने, ‘अहिले बिहे गरेको भोलिपल्टै नागरिकता पाउने कानुन छ। संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक छ।’ 
उनले डडेल्धुरामा मेडिकल कलेज बन्नु हुँदैन भन्ने विवाद अनावश्यक भएको बताए। 

एमसीसीको व्याख्यात्मक घोषणा अंग बनिसकेको देउवाले बताए। आफू बिआरआई विरोधी नभएको तर आवश्यकताका आधारमा निर्णय गर्ने उनले बताए। 

रुस युक्रेन युद्धका कारण मल आयातमा पनि समस्या भइरहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell