PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नीति तथा कार्यक्रम बहुमतले पारित



पहिलोपोस्ट

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौंः सरकारको नीति तथा कार्यक्रम प्रतिनिध सभाले बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो। राष्ट्रिय सभाले शुक्रबार नै पारित गरिसकेको छ।

सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग गरेका थिए। निरन्तर तीन दिन लामो बहसपछि शनिबार पारित गरिएको हो। छलफलमा अधिकांश समय राजनीतिक विषयमाथि टिका-टिप्पणी भएको थियो।

नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ‌ओलीले बेतुकको दस्तावेज भनेर टिप्पणी गरेका थिए। करिब तीन घण्टा लामो भाषणका क्रममा उनले सत्ता गठबन्धनलाई गाली गरे भने केही समय नीति तथा कार्यक्रममा खर्चिएका थिए।

पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाललगायतले पनि धारणा राखेका थिए।

शनिबार ३२ सांसदले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरिएको थियो।

सरकारले आइतबार संवैधानिक ब्यवस्था अनुसार बजेट प्रस्तुत गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell