A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67638e439e1254.24877931): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67638e439e1254.24877931,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

चालक दलसहित २२ जना बोकेको तारा एयर सम्पर्कविहीन, विमानमा ६ जना विदेशी
PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चालक दलसहित २२ जना बोकेको तारा एयर सम्पर्कविहीन, विमानमा ६ जना विदेशी



पहिलोपोस्ट

चालक दलसहित २२ जना बोकेको तारा एयर सम्पर्कविहीन, विमानमा ६ जना विदेशी

काठमाडौंः पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ।

पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका थिए। 

जहाज उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको तारा एयरका उडान सुरक्षा प्रमुख एवम् प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको प्राधिकरणले जनाएको छ। विमानमा तीन भारतीय सहित ६ जना विदेशी रहेका छन्।  १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रुदलका सदस्य रहेका छन्।

नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए। विमान घोडेपानी पुगेपछि सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell