PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

आईपीएलको उपाधिका लागि गुजरात र राजस्थान भिड्दै, रणवीर सिंह र ए आर रहमानले प्रस्तुति दिने



पहिलोपोस्ट

आईपीएलको उपाधिका लागि गुजरात र राजस्थान भिड्दै, रणवीर सिंह र ए आर रहमानले प्रस्तुति दिने
Photo: IPL

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदैछ। उपाधि होडमा रहेका गुजरात टाइटन्स र राजस्थान रोयल्स अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सवा ८ बजे आमनेसामने हुनेछन्। यी दुई टोलीबिचका पछिल्ला दुवै खेलमा गुजरातले जित निकालेको थियो।

पहिलो सिजनमै फाइनलमा

गुजरात टाइटन्सले यही वर्षबाट आईपीएलमा प्रवेश पाएको हो। पहिलो वर्ष नै सानदार प्रदर्शन गर्दै गुजरातले फाइनलमा स्थान बनाएको छ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातका पाण्ड्यालगायत डेभिड मिलर र राहुल तेवातिया सानदार फर्ममा छन्। ओपनिङमा ऋद्दिमान साह र शुभमन गिल पनि राम्रो लयमा छन्। त्यस्तै, बलिङमा राशिद खान, मोहम्मद शमी, लकी फर्ग्युसन जस्ता खेलाडी छन्।

गुजरातले समूह चरणमा १४ खेलबाट १० जित र ४ हार ब्यहोर्दै २० अंक जोडेर क्वालिफायर्समा पुगेको थियो। क्वालिफायर्समा राजस्थानलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो।

दोस्रो उपाधि खोज्दै राजस्थान

आईपीएलको जारी सिजनमा सबै भन्दा धेरै रन बनाउने खेलाडी हुन् जोस बट्लर। जारी सिजनमा १६ खेल खेल्दा ८२४ रन बनाएका बट्लरले राजस्‍थानका अधिकांश खेलमा 'म्याच विनिङ' प्रदर्शन गर्दै आएका छन्। उनले जारी सिजनमै ४ वटा त शतक नै प्रहार गरिसकेका छन्। उनीबाहेक कप्तान सञ्जु सामसन, यशस्वी जयसवाल, शिमरोन हेटमायर र रबिचन्द्रन अश्विनको लय पनि सानदार छ।

राजस्थानले समूह चरणमा ९ जित र ५ हार ब्यहोर्दै १८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेको थियो। क्वालिफायर्समा गुजरातसँगै पराजय ब्यहोरेपछि दोस्रो क्वालिफायर्समा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएर फाइनलको यात्रा तय गरेको हो।

रणवीर र एआर रहमानको प्रस्तुति

खेलका क्रममा ५० मिनेटको समापन समारोह गर्ने तयारी छ। जसमा अभिनेता रणवीर सिंह र म्युजिक कम्पोजर एआर रहमानले प्रस्तुती दिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell