PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बेपत्ता विमानका पाइलटको फोन लोकेसन ट्र्याक : प्रतिकुल मौसमकाबिच कसरी भइरहेको छ खोजी?



पहिलोपोस्ट

बेपत्ता विमानका पाइलटको फोन लोकेसन ट्र्याक : प्रतिकुल मौसमकाबिच कसरी भइरहेको छ खोजी?
फोटोः रासस

काठमाडौं :  बिहान १० बजेपछि सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न काठमाडौंबाट उडेको नेपाली सेनाको हेलिकप्टर पोखरा पुगेको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले पैदलबाटै खोजी कार्य सुरु गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोली पनि सम्भावित घटनातर्फ गइसकेको छ।

घाँसाबाट सेनाको टोली सम्पर्कविहीन भएको स्थान लेते जाँदैछन्। 'लेतेमा दुर्घटना भएको भन्ने जानकारी आएको छ। त्यसको पुष्टिको लागि सेनाको हेलिकप्टर र स्थल मार्गबाट हाम्रो टोली परिचालन भइसेको छ,' नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने।

यस्तै घाँसामा रहेको प्रहरीको टोली पनि सम्भावित घटनास्थलतर्फ लागिसकेको छ। त्यहाँ पुग्न प्रहरीलाई करिब चार घण्टा लाग्छ। पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका छन्।

विमानमा भारतीयसहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रु दलका सदस्य रहेका छन्।

तारा एयरको सम्पर्कविहीन ट्‍वीनअटर खोजीका क्रममा एक जनाको मोबाइल फोनको लोकेसन ट्रयाक भएको छ। नेपाल टेलिकमले पाइलट प्रभाकर घिमिरेको फोनको लोकेसन ट्रयाक गरेको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

'मोबाइल लोकेसन ट्र्याक भएको छ, अन्तिम लोकेसन ट्र्याक लेतेको लार्केमा भएको हो। त्यतातिर सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन भइसकेको छ,' प्रवक्ता बर्तौलाले भने।

उद्धार तथा खोजी कार्यका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा सेना र प्रहरीको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। विमान सम्पर्कविहीन भएपछि खोजतलासका लागि जोमसोबाट हेलिकप्टर पठाइएकोमा मौसम खराबीका कारण जोमसोममै फर्किएको छ। तारा एयर कम्पनीले विमानको खोजी भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell