PahiloPost

Jul 3, 2024 | २० असार २०८१

नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दु बनाउन मन्त्री आलेको आग्रह



पहिलोपोस्ट

नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दु बनाउन मन्त्री आलेको आग्रह

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।

१५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले कमलादीस्थित आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको भन्दै नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिएका हुन्।

मन्त्री आलेले विश्वको तापक्रममा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि संकटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको पनि बताए।

‘विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल संकटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ,’ उनले भने।

हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बिचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी दिए।

उनले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell