PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गणतन्त्र दिवसमा लुम्बिनीका मुख्यमन्त्री केसी : जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौं



पहिलोपोस्ट

गणतन्त्र दिवसमा लुम्बिनीका मुख्यमन्त्री केसी : जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौं

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका हुन्।

प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस २०७९ विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको जेठ १५ एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रमको रुपमा युगौंयुगसम्म रहने बताए।

उनले संविधानमा भएको व्यवस्था बमोजिमका मौलिक हकका विषय शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरि काम गर्न जरुरी रहेको बताए।

केसीले गणतन्त्र नेपालको स्थापना नेपालीको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको र सबैको मेहनत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानुमा सबै प्रदेशवासीको कर्तव्य र अधिकार रहेकोमा जोड दिए। वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको उनले बताए।

मुख्यमन्त्री केसीले गणतन्त्रलाई जनताको जनजीविकाको उत्तम प्रणालीको रुपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गर्दै गणतन्त्रात्मक व्यवस्था एउटा गतिशील सुशासन कायम भएको व्यवस्था भएकोले यसलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell