PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

मन्त्रिपरिषदबाट पास भयो बजेट



पहिलोपोस्ट

मन्त्रिपरिषदबाट पास भयो बजेट

काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो।

मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेस गरिएको थियो।

पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन्।

यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री शर्मालाई कम्तिमा ३ घण्टा लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell