
काठमाडौं : बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तार एयरको ट्विनअटर मुस्ताङको कोवाङमा देखिएको छ।
नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयको सहभागितामा मुस्ताङको कोवाङ गाउँमा जहाज फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। घटनास्थल पहिचान भएपनि अवस्थाबारे यथार्थ विवरण भने आउन बाँकी नै रहेको उनले जानकारी दिए।
‘जहाज कोवाङमा भेटिएको पाइएको छ। धुवाँ देखिएपछि अहिले उद्धारका लागि खटिएका टोली त्यो ठाउँमा पुगेका छन्। मौसमी प्रतिकुलता र स्थान नै अप्ठ्यारो भएका कारण ढिलाई भएको हो,’ महाप्रबन्धक ठाकुरले भने।
स्थानीयले दिएको जानकारीलाई आधार मानेर सेनाको टोली उक्त क्षेत्रमा गएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
पोखरा विमानस्थलबाट आइतवार बिहान ९:५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो। जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको थियो। केहि घण्टा अगाडि नेपाल टेलिकमको ट्र्याकर सिस्टमले लार्केमा एउटा फोन नम्बर ट्र्याक गरेको थियो