PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आर्थिक वर्ष २०७९/८० को लक्ष्य : उत्पादनमा आधारित अर्थतन्त्र निर्माण



पहिलोपोस्ट

आर्थिक वर्ष २०७९/८० को लक्ष्य : उत्पादनमा आधारित अर्थतन्त्र निर्माण

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लक्ष्य उत्पादनमा आधारित अर्थतन्त्र निर्माण भएको बताएका छन्।

संघीय संसदमा बजेट पेस गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा सरकारले जोड दिने बताएका हुन्।

यस्तै, उनले उपलब्ध पुँजी र स्रोतको उपयोग गर्दै विकास निर्माणलाई टेवा दिने उल्लेख गरेका छन्।

प्रदेश र स्थानीय तहमा साधन स्रोत हस्तान्तरण गर्ने पनि उनले बताएका छन्। यो व्यवस्थाले संघीयता थप बलियो हुने अपेक्षा सरकारले लिएको उनले बताएका छन्।

यस्तै, शर्माले आर्थिक सामाजिक रुपान्तरण र कृषि क्षेत्रको रुपान्तरणमा पनि बजेटमा जोड दिइएको बताए।

नीजि क्षेत्र र सरकारको समन्यवमा रोजगारी निर्माणमा जोड दिइने उनले बताएका छन्।

शिक्षा, स्वास्थ्य, जलविद्युतका लागि पनि सरकारले योजना ल्याउने उनले बताए। साथै गरिबलाई ३ वर्ष भित्र आवास उपलब्ध गराउने पनि योजना उनले अघि सारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell