PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले भने- राजश्व संकलन सन्तोषजनक छ



पहिलोपोस्ट

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले भने- राजश्व संकलन सन्तोषजनक छ

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा सरकारले गर्दै आएको राजश्व संकलन सन्तोषजनक रहेको बताएका छन्। आइतबार बजेट भाषणका क्रममा उनले  हाल सम्मको राजश्व संकलन सन्तोषजनक रहेको बताए।

चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब  रुपैयाँ राजश्व संकलन हुने उनको भनाई छ।  अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजश्व संकलन १८ प्रतिशतले वृद्धि हुने समेत उनले बताए। 

सरकारले  बैशाख मसान्तसम्म एक खर्व आन्तरिक ऋण उठाइसकेको उनले जानकारी दिए।

आउँदो आर्थिक वर्षका लागि  आर्थिक सम्बृद्धि, कृषि क्षेत्रको रुपान्तरण, रोजगार वृद्धि लगायत उत्पादनमा प्राथमिकता दिइने जनाइएको छ। पुँजी र प्रविधीबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्धेश्य यसपटकको बजेटले लिएको उनले बताए। यसका लागि  प्रदेश र स्थानीय तहमा साधन र स्रोतको प्रयोग गरिने जनाइएको छ।

कृषि क्षेत्रको रुपान्तरण निजी र सहकारीको सहकार्यमा रोजगारीको बृद्धि गर्ने तथा जलविद्युत उत्पादन, पर्यटन क्षेत्रको पुनरोत्थान गरिने पनि अर्थमन्त्रीले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell