PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद खुल्ला गर्ने सरकारको घोषणा, विदेशी मुद्रामै किन्न सक्ने



पहिलोपोस्ट

विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद खुल्ला गर्ने सरकारको घोषणा, विदेशी मुद्रामै किन्न सक्ने

काठमाडौं: सरकारले निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न सक्ने ब्यवस्था गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै एक सय भन्दा बढी युनिट भएका अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने  बताएका छन्। 

कार्यान्वयन गर्न सरकारले आवश्यक कानूनी व्यवस्था गर्ने अर्थमन्त्री शर्माले उल्लेख गरेका छन्।

अहिलेसम्म नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्ने सुबिधा थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell