PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

पर्यटन क्षेत्रको बजेट : ९ अर्ब ३८ करोड रुपैयाँ, दुई घण्टामै सगरमाथा क्षेत्र पुग्ने गरि योजना बनाइने



पहिलोपोस्ट

पर्यटन क्षेत्रको बजेट : ९ अर्ब ३८ करोड रुपैयाँ, दुई घण्टामै सगरमाथा क्षेत्र पुग्ने गरि योजना बनाइने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बिनियोजन गरेको छ।

संघीय संसदमा बजेट पेस गर्दै अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रको विकासलाई लागि देशभर नया पर्यटन क्षेत्र विकास गर्ने योजना अघि सारेका छन्।

आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने भन्दै उनले हरित पर्यटनमा जोठ दिने बताए।

जनजातीका थलो, मिथिला क्षेत्र, ग्रामीण क्षेत्र लाई आकर्षक पर्यटन स्थलका रुपमा विकास गर्न उनले बजेट छुट्याएको बताएका छन्।

दुई घन्टामा सगरमाथा क्षेत्र पुग्ने गरि योजना बनाइने र महत्वपूर्ण धामलाई एकै ठाउँमा हेर्न सक्ने गरि प्रतिरुप संग्रहालयको निर्माण गर्ने पनि बजेटमा बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell