
काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका छन्।
घरजग्गा कारोबारलाई ब्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र ब्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ। यो ब्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ।
सहकारी क्षेत्रको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ।
२०४९ अघि सञ्चालनमा रहेका सहकारी संस्थाबाट ऋण लिएकाहरुको ऋण मिनाहा गरिएको छ।