PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

विपन्नलाई नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था, स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न १० अर्ब रुपैयाँ विनियोजन



पहिलोपोस्ट

विपन्नलाई नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था, स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न १० अर्ब रुपैयाँ विनियोजन

काठमाडौं : सरकारले स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा अस्पताल निर्माणमा सरकारले जोड दिने बताएका हुन्।

उनले मातृ मृत्यु दर घटाउन सुत्केरी सुरक्षा अभियान संचालन गर्ने र मातृ आमा सुरक्षा कार्यक्रमका लागि बजेट बढाइएको बताए।

साथै, शिक्षक अस्पताल निर्माण गर्ने र दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सक र स्वास्थ्य कर्मीलाई प्रोत्साहन गर्न  १ चिकित्सक १ अस्पताल अभियान संचालन गर्ने बताए।

उनले नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाइने बताए। मिर्गौला प्रत्यारोपण आवश्यक पर्ने विपन्न नागरिकका लागि १० करोड विनियोजन उनले बताए।

शर्माले प्रदेशमा डायलासिसको सेवा दिन बजेट छुट्याइएको बताए।  यस्तै, स्वास्थ्य विमालाई थप प्रभावकारी र दिगो बनाउन तयारी ७ अर्ब ५० करोड विनियोजन गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell