PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

स्वदेशी जडिबुटीबाट औषधी बनाउने सरकारको प्राथमिकता, सुर्खेतमा उद्योग खोल्ने



पहिलोपोस्ट

स्वदेशी जडिबुटीबाट औषधी बनाउने सरकारको प्राथमिकता, सुर्खेतमा उद्योग खोल्ने

काठमाडौं: सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी जडीबुटीमार्फत औषधि तयारीमा प्राथमिकता दिएको छ। स्वदेशी जडीबुटीमार्फत औषधि बनाउनका लागि सुर्खेतको अत्तरियामा जडीबुटी उद्योग खोलिने योजना रहेको जनाइएको छ।

यसैगरी सरकारले मुलुक भित्रै उब्जनी  हुने विभिन्न फलफूल उब्जनी गरी  जुस र वाइन बनाउने निजी क्षेत्रका लागि सहुलियतको व्यवस्था  हुने जनाइएको छ। 

निजी क्षेत्रलाई  आँप, उखु, किवी लगायत  फलफुल उब्जनी गरी वाइन, जुस बनाउन  प्रोत्साहन गरिने जनाइएको छ।

सरकारले कर्णालीको  सिमी, कागुनो, मार्सी चामललगायतका अन्नबालीको उत्पादन र बजारका लागि  प्रदेश स्तरमै सहकार्य गरिने जनाइएको छ।     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell