PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने



पहिलोपोस्ट

सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सहकारी क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने बताएका छन्।

आइतवार आगामी वर्षको बजेट सार्वजानिक गर्दै मन्त्री शर्माले सहकारी क्षेत्रको बचतलाई उद्यम विकास, उत्पादन मुलुक क्षेत्र तथा रोजगारी सिर्जनामा परिचालन गर्न प्रोत्साहन गर्दै आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने बताएका हुन्।

यसका साथै सहकारीको कुल लगानीको कम्तीमा ५० प्रतिशत रकम उत्पादन क्षेत्रमा परिचालन गर्नु पर्ने व्यवस्था मिलाइने पनि उनले बताए।

कम्तीमा २० करोड चुक्ता पूँजी रहने गरी कृषिजन्य उद्योग स्थापना गर्ने सहकारीलाई नेपाल सरकारले चुक्ता पूँजीको ५ प्रतिशत रकम पूँजीगत अनुदान प्रदान गर्ने व्यवस्था मिलाएको मन्त्री शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell