PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गरिने



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने बताएका छन्।

संसद्मा बजेट प्रस्तुत गर्दै शर्माले प्रादेशिक सन्तुलन कायम गर्न प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइने बताए। बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पातल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल कर्णाली स्वाथ्य विज्ञान प्रतिपष्ठनको समन्वमा मेडिकल कलेज स्थापना गरिने उनले बताए।

विदेशी प्राध्यापकलाई नेपाल आउन भिसाको व्यवस्था गरेर सहजीकरण गरिने पनि शर्माले बताए। जनसंख्याको अनुपातमा चिकित्सक अपर्याप्त भएको अवस्थामा विशिष्टिकृत अध्ययनलाई सहज बनाउन भर्ना संख्या र भर्ना प्रक्रियामा आवश्यक कानुनी प्रबन्ध गरिने शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell