PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वृद्ध भत्तामा उमेर हद घट्यो, अब ६८ वर्षमा नै भत्ता पाउने



पहिलोपोस्ट

वृद्ध भत्तामा उमेर हद घट्यो, अब ६८ वर्षमा नै भत्ता पाउने

काठमाडौं : सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको उमेरको हद घटाएको छ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उमेर हद दुई वर्ष घटाएको जानकारी दिएका हुन्।

अबदेखि ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक भत्ता पाउने भएका छन्। यसअघि ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकले मात्र भत्ता पाउँदै आएका थिए। समाजिक सुरक्षा भत्ता नलिने स्वः घोषणा गर्नेलाई सरकारले सम्मान गर्ने छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस यसअघि वृद्ध भत्ता ६५ वर्षमा झार्ने बताएका थिए। अहिले वृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ छ।

उमेर २ वर्ष घटाएका कारण सरकारी कोषमाथि  भने भार बढ्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell