PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

चक्रपथ बाहिर मेलम्चीको पानी दिन पाइपलाइन निर्माणको लागि १ अर्ब ९२ करोड विनियोजन



पहिलोपोस्ट

चक्रपथ बाहिर मेलम्चीको पानी दिन पाइपलाइन निर्माणको लागि १ अर्ब ९२ करोड विनियोजन

काठमाडौं : मेलम्ची खानेपानी चक्रपथ बाहिर वितरणका लागि पाइपलाइन विस्तार गर्न १ अर्ब ९२ करोड रुपैयाँ विनियोजन भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै दोस्रो चरणमा चक्रपथ बाहिर समेत मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए। अहिले मेलम्ची खानेपानी काठमाडौंमा वितरण भइरहेको छ।

हाल दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ। बाढीले क्षति पुर्‍याएको र अझै जोखिम छ। सोही कारण मेलम्ची जलाधारको भौगोलिक अध्ययनको आधारमा भरपर्दो व्यवस्था मिलाइने उनको भनाइ छ।

याङग्री र लार्के खोलाको पानी ल्याउने बजेटमा उल्लेख छ। त्यसैगरी, मेलम्ची खानेपानी समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज भएको छ। ती निकायबाट हुँदै आएको काम खानेपानी तथा ढल निकास विभागले गर्नेछ।

काठमाडौंको विकल्पका रुपमा सिस्नेरी र ठोस्ने खोलाको सम्भाव्यता अध्ययन गरिने शर्माले बताए। उनका अनुसार अन्य वैकल्पिक नगरकोट, दक्षिणकाली, रामकोट र गोदावरी गरी काठमाडौंको चार दिशामा पानी पोखरीसहितको जलाधार क्षेत्र निर्माण गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell