PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

धुर्मुस - सुन्तलीले अलपत्र छाडेको रंगशाला पुरा गरिने, खेलकुद संघको बजेट बढाइने



पहिलोपोस्ट

धुर्मुस - सुन्तलीले अलपत्र छाडेको रंगशाला पुरा गरिने, खेलकुद संघको बजेट बढाइने

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद मन्त्रालयले २ अर्ब ४६ करोड प्राप्त गर्ने भएको छ। जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषदले २ अर्ब ९ करोड प्राप्त गर्नेछ। पूर्वाधार विकासतर्फ ८७ करोड छुट्याइएको छ।

बजेटमा खेलकुद पर्यटन का लागि साहसिक पर्यटनका पूर्वाधार निर्माण गर्न प्रोत्साहन गरिने उल्लेख छ। जसका लागि जुम्लामा हाइ अल्टिट्युट स्पोर्टस ट्रेनिङ सेन्टरका लागि बजेट छुट्याइएको छ।

लामो  समयदेखि निर्माण सम्पन्न हुन नसकेको मुलपानी क्रिकेट स्टेडियम आगामी वर्ष सम्पन्न बजेटमा उल्लेख छ।

त्यस्तै कीर्तिपुर क्रिकेट स्टेडियममा रात्रिकालीन खेल खेल्न योग्य बनाउन आवश्यक बजेट बिनियोजन गरिएको छ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा सुरु भएको गौतमबुद्ध क्रिकेट स्टेडियम पछिल्लो समय अलपत्र परेको छ। सरकारले बजेटमा उक्त रंगशाला प्रदेश र स्थानीय तहसँगको समन्वयमा निर्माण  कार्य पुरा गरिने बजेटमा जनाइएको छ।

त्यस्तै दशै तिहारको बीचमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट छुट्याएको जनाइएको छ भने दशौ खेलकुदका लागि पनि पूर्वाधारमा जोड दिइने जनाइएको छ।

एक स्थानीय तह, एक खेलमैदान कार्यक्रमले निरन्तरता पाउँदा बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट सरकारले छुट्याएको छ।

धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान बनाउने जनाइएको छ। त्यस्तै निजीक्षेत्रलाई खेलविश्वविद्यलय खोल्न प्रोत्साहन गरिने तथा फ्रेन्चाइज लिग आयोजना गर्न प्रोत्साहित गरिने उल्लेख छ।

त्यस्तै खेलाडी र प्रशिक्षकको क्षमता विकासका लागि कार्यक्रम ल्याइने घोषणा हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी प्रशिक्षक र खेलाडीलाई बिमाको व्यवस्था गरिने जनाइएको छ।

खेलकुद संघलाई दिइआएको बजेट बढाउने अर्थमन्त्रीले जनाएका छन्।

'एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक वृत्तिको व्यवस्था गरिएको छ,' बजेटमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell