PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन दिइने



पहिलोपोस्ट

स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन दिइने

काठमाडौं  : सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने योजना सुनाएका हुन्। 

इन्धनको प्रयोग घटाउन र विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो। एलपी ग्यास विस्थापन गर्दै इन्डक्सन चुल्होको प्रयोगमा पनि सरकारले जोड दिएको छ।

यसैगरि, विद्युतको पहुँच बाहिर रहेका परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने शर्माले बताए।

यस्तै, विद्युतीय इँटा भट्टा निर्माण पनि सरकारले जोड दिने नीति सरकारले लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell