PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बजेटमा घोषणा : काठमाडौंदेखि चितवन १ घण्टामा पुग्ने गरी द्रुतमार्ग बनाइने



पहिलोपोस्ट

बजेटमा घोषणा : काठमाडौंदेखि चितवन १ घण्टामा पुग्ने गरी द्रुतमार्ग बनाइने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा काठमाडौं चितवन यात्रा एक घण्टाको बनाउने बताएको छ।

त्यसका लागि चन्दागिरी-चित्लाङ, पालुङ-चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण हुने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे। यस्तै,चितवन रामपुर बुटवल तथा चितवन रामपुर पोखरा द्रुत मार्ग निजी क्षेत्रमार्फत निर्माणका लागि लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने शर्माले बताए।

यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य मात्रामा छोट्टिने सरकारको अपेक्षा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell