PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भूमिहीन र आवासविहीनका लागि निजी क्षेत्रको सहकार्यमा एक लाख घर बनाइने



पहिलोपोस्ट

भूमिहीन र आवासविहीनका लागि निजी क्षेत्रको सहकार्यमा एक लाख घर बनाइने

काठमाडौं : सरकारले भूमिहीन र आवासविहीन नागरिकका लागि बसोबासको व्यवस्था गर्ने भएको छ।

सरकारले आवासविहीन नागरिकका लागि नयाँ आर्थिक वर्षमा एक लाख नयाँ घर बनाउने भएको छ।

सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रको सहकार्यमा यी आवास तयार गर्ने योजना रहेको जनाइएको छ। यो आवास विपन्न एवं दलित परिवारका लागि उपलब्ध गराइने अर्थमन्त्रीले बजेटमार्फत सार्वजनिक गरे।

सरकारले प्रदेश सरकारसँगको सहकार्यमा यो व्यवस्था लागू गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell