PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन



पहिलोपोस्ट

रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं : आगामी वर्षको लागि रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै रेल र मेट्रो लगायतका आयोजनाका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेका छन्।

राष्ट्रिय गौरवको पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत पर्ने बर्दिवास निजगढ खण्डमा ट्रयाक बेड निर्माणको काम तीव्रताका साथ अगाडि बढाइने भएको छ।

विराटनगर-धरान-बुटवल र पोखरामा ट्राम यातायातको सम्भाव्यता अध्ययन, काठमाडौं उपत्यकामा मेट्रो रेलका लागि सम्भाव्यता अध्ययन र मुआब्जा रकमको व्यवस्थाको लागि स्रोत सुनिश्चितता समेत गरिएको उल्लेख छ।

जयनगर-जनकपुर-कुर्था-बिजलपुरा-बर्दिवास तथा बथनाह-विराटनगर रेलमार्गको निर्माण गर्ने कार्य पनि समावेश भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell