PahiloPost

May 23, 2024 | १० जेठ २०८१

एनआरएनले सेयर बजारमा लगानी गर्ने बाटो खुल्यो, वैदेशिक रोजगारमा गएकालाई आइपिओमा १० प्रतिशत आरक्षण



पहिलोपोस्ट

एनआरएनले सेयर बजारमा लगानी गर्ने बाटो खुल्यो, वैदेशिक रोजगारमा गएकालाई आइपिओमा १० प्रतिशत आरक्षण

काठमाडौं : सरकारले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने बताएको छ। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले उक्त व्यवस्था गरिने बताएका हुन्। 

यसैगरि वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण गरिनेछ।

आउँदो बजेट मार्फत वस्तु विनिमय बजार र यसका पूर्वाधारहरु संचालनमा ल्याइनेछ। संस्थागत तथा सरकारी ऋणपत्रहरुको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गरिने व्यवस्था गरिएको छ। 

उद्यमशिलता तथा नव प्रवर्तनहरुलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई संचालन अनुमति दिई सहजीकरण गरिनेछ।       

सरकारले एक अर्ब रुपैयाँ वा सोभन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिने भएको छ।

यस अतिरिक्त, प्राकृतिक स्रोत उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत र कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीले पनि धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपर्ने बजेटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell