PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तारा एयरले भन्यो : सम्पर्कविहीन विमानको खोजी भइरहेको छ



पहिलोपोस्ट

तारा एयरले भन्यो : सम्पर्कविहीन विमानको खोजी भइरहेको छ

काठमाडौं : तारा एयरले सम्पर्कविहीन विमानको खोजी कार्य भइरहेको जनाएको छ। तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन-एइटी-डीएचसी-६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो।

सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ।

सम्पर्कविहीन वायुयान खोज्न जोमसोमबाट हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौषमका कारण उक्त हेलिकोप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ। उक्त वायुयान खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकोप्टरहरु तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको बताइएको छ। उक्त वायुयानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell