PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

६८ वर्षमै वृद्ध भत्तादेखि १५ प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, बजेटको पूर्णपाठ



पहिलोपोस्ट

६८ वर्षमै वृद्ध भत्तादेखि १५ प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, बजेटको पूर्णपाठ

काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा पेस भएको छ। अर्थमन्त्री शर्माले ठूलो आकारको बजेट कार्यक्रम पेश गरेका हुन्।

जसमा चालु शीर्षकमा ७ खर्ब ५३ अर्ब ४० विनियोजन गरिएको छ। यो कुल बजेटको ४२ प्रतिशत हो। पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड विनियोजन गरिएको छ। प्रदेश र स्थानीय तहको लागि ४ खर्ब २९ अर्ब ८३ कररोड विनियोजन गरिएको छ। राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने अनुमान छ। अनुदानबाट ५५ अर्ब र वैदेशिक ऋणको सिमा २ खर्ब ४२ अर्ब २६ करोड राखिएको छ। यस्तै आन्तरिक ऋण २ खर्ब ५६ अर्ब राखिएको छ।

सरकारले बजेटमार्फत सरकारी कर्मचारीहरुको तलब १० प्रतिशतले वृद्धि गरेको छ। यस्तै, स्यानिटरी प्याडमा लाग्दै आएको कर ९० प्रतिशतले छुट दिने निर्णय गरेको छ। साथै, वृद्ध भत्ता पाउने उमेर समेत घटाइएको छ। अबबाट ६८ वर्षमै वृद्ध भत्ता पाइने छ।

पढ्नुस आर्थिक वर्ष २०७९/८० को बजेट :

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell