PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

सेनाले आजको लागि स्थगित गर्‍यो सम्पर्कविहीन विमानको खोजी कार्य



पहिलोपोस्ट

सेनाले आजको लागि स्थगित गर्‍यो सम्पर्कविहीन विमानको खोजी कार्य

काठमाडौं : नेपाली सेनाले बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य आजलाई स्थगित गरेको छ।

रात परेको र प्रतिकुल मौसमका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनले भोलि बिहानैदेखि पैदल र हवाई दुवै माध्यमबाट खोजी कार्य जारी राखिने बताएका छन्।

‘हाम्रो खोजी तथा उद्धार टोली जोमसोममा स्ट्याण्डबाई छ,’ उनले भनेका छन्।

 

पोखरा विमानस्थलबाट आइतवार बिहान ९:५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको थियो। विमान उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको थियो।

केहि घण्टा अगाडि नेपाल टेलिकमको ट्र्याकर सिस्टमले लार्केमा एउटा फोन नम्बर ट्र्याक गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell