PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

चुनावी बजेट ल्याइयो, बजेट कार्यान्वयन गर्ने क्षमता सरकारले राख्दैन : भीम रावल



पहिलोपोस्ट

चुनावी बजेट ल्याइयो, बजेट कार्यान्वयन गर्ने क्षमता सरकारले राख्दैन : भीम रावल

काठमाडौं: नेकपा (एमाले) का नेता भीम रावलले अहिलेको बजेट संघीय निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बताएका छन्। संघीय संसदमा प्रस्तुत बजेटमाथि टिप्पणी गर्दै रावलले निर्वाचनलाई लक्षित गरेर सरकारले लोकप्रिय बजेट ल्याएको प्रतिक्रिया दिएका हुन्।

बजेटले सरकारको खर्च मात्र बढाएको उनले बताए। त्यस्तै बजेटमा समावेश भएका कार्यक्रमहरु कार्यान्वयन गर्ने क्षमता सरकारसँग नरहेको रावलको टिप्पणी थियो।

आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा पेस भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ठूलो आकारको बजेट  पेश गरेका हुन्।

जसमा चालु शीर्षकमा ७ खर्ब ५३ अर्ब ४० विनियोजन गरिएको छ। यो कुल बजेटको ४२ प्रतिशत हो। पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड विनियोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell