PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौं फर्किइन् पूर्णिमा, नेपालका ८ हजारभन्दा अग्ला ७ हिमालको सबैभन्दा छिटो आरोहण गर्न सफल

काठमाडौं फर्किइन् पूर्णिमा, नेपालका ८ हजारभन्दा अग्ला ७ हिमालको सबैभन्दा छिटो आरोहण गर्न सफल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मकालु हिमालको सफल आरोहण गरि पूर्णिमा श्रेष्ठ काठमाडौं फर्किएकी छिन्। नेपालमा रहेको ८००० मिटरभन्दा अग्ला हिमाल चढ्ने योजनाका साथ मकालु आरोहणमा निस्किएकी थिइन्।

मकालु आरोहण सफल भएसँगै पूर्णिमाले नेपालमा रहेका ८००० मिटरभन्दा अग्ला सबै हिमाल आरोहण पूरा गरेकी छिन्।

यसै महिना उनले कञ्चनजंगा र लोट्सेको पनि सफल आरोहण गरेकी थिइन्। पूर्णिमाले यसअघि सर्वोच्च शिखर सगरमाथासँगै, ८००० मिटर माथिका मनासलु, अन्नपूर्ण, धौलागिरिको पनि सफल आरोहण गरिसकेकी छिन्। ७ वटा हिमालको सफल आरोहण गरेकी पूर्णिमा  ८ हजार भन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छिन्।

यस्तै, मकालुको सफल आरोहण गरेकी क्रिस्टिना हरिला र एटके एक्सपेडिसन टोली पनि काठमाडौं फर्किएको छ।   



ट्रेन्डिङ पोस्ट

Ncell