
काठमाडौँः नेपाल बार एशोसिएशनले कानुन व्यवसायीले गरेको लिखित मस्यौदा उपर कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदारले गरेको आदेशको आलोचना गरेको छ। महासचिव अञ्जिता खनालद्वारा जारी वक्तव्यमा श्रेस्तेदारको आदेश कानुन व्यवसायीको पेशागत मर्यादामा आक्रमण र चरित्रहत्या भएको समेत उल्लेख गरिएको छ।
बारले कर्मचारीमाथि कारबाहीको माग समेत गरेको छ। वक्तव्यमा भनिएको छ, ‘अदालतका सबै न्यायकर्मी एवं कर्मचारीहरुले अदालतको गरिमा कायम राख्दै आफ्नो कानुनी कर्तव्य पूरा गर्नुपर्नेमा निज (निमित्त श्रेस्तेदार) कर्मचारीबाट भएको उक्त आदेश अदालतकोे जनआस्थामा आँच आउने गरी भएको ठहर गर्दै उक्त कार्यको नेपाल बार एशोसिएशन घोर निन्दा एवं भत्र्सना गर्दछ साथै निजलाई अविलम्व आवश्यक कानुनी कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’
वैशाख १९ गते निमित्त श्रेस्तेदार महिमानसिंह विष्टले लिखत मस्यौदामा कानुन व्यवसायीको विद्वताको कमी देखिएको भने दरपीठ आदेशमा टिप्पणी लेखेका थिए। साथै, विष्टले आदेशमा कानुनको अध्ययन नै नगरी मुद्दाको मस्यौदा गर्दा सुदूरपश्चिम प्रदेशको मानव विकास सुचकाङ्क नै पछि झने क्रम जारी रहेको समेत उल्लेख गरेका थिए।