PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ठूलो किलोवाटका विद्युतीय गाडीको कर बढ्यो, अन्त:शुल्क शतप्रतिशत वृद्धि, भन्सार पनि बढ्यो



पहिलोपोस्ट

ठूलो किलोवाटका विद्युतीय गाडीको कर बढ्यो, अन्त:शुल्क शतप्रतिशत वृद्धि, भन्सार पनि बढ्यो

काठमाडौंः विद्युतीय सवारी साधनको कार महङ्गो भएको छ। सरकारले आर्थिक बिधेयकमार्फत विद्युतीय सवारी साधनको कर बढाएर महँगो बनाएको हो।

चालु वर्षको बजेटमा विद्युतीय सवारीमा अन्त:शुल्क लाग्दैन थियो। अब अन्तःशुल्क लाग्ने भएको छ। १०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत अन्त: शुल्क लाग्ने छ।

२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा ४५ प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ भने ३०० देखि माथिको गाडिमा ६० प्रतिशत अन्त:शुल्क लाग्ने भएको छ।

सरकारले विद्युतीय गाडीको भन्सार शुल्क पनि बढाएको छ। चालु वर्षको बजेटमा १०० देखि २०० भन्दा कम किलोवाट क्षमताका गाडीमा १५ प्रतिशत लाग्दै आएको भन्सार शुल्क ३० प्रतिशत पुर्‍याएको छ।

२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा भन्सार ३० प्रतिशत लाग्दै आएकोमा अब ४५ प्रतिशत पुगेको छ। ३०० भन्दा माथि किलोवाट भएका गाडीमा ४० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब ६० प्रतिशत लाग्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell