PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान



पहिलोपोस्ट

आईपीएल फाइनल: विश्वकै ठूलो जर्सी बनाएर कीर्तिमान

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले पहिलो पटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। प्रतियोगिता अघि भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एउटा विश्व कीर्तिमान पनि बनाएको छ।

बीसीसीआईले विश्वको सबैभन्दा ठूलो क्रिकेट जर्सी प्रदर्शन गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएको हो। उक्त जर्सीमा दशवटै आइपीएलका फ्रेन्चाइजीको लोगोहरु रहेका थिए। उक्त जर्सीको आकार ६६*४२ मिटर रहेको छ।

प्रतियोगिताको क्लोजिङ सेरेमोनीमा अभिनेता रणबीर सिंह, म्युजिक कम्पोजर ए आर रहमान, मोहित चौहान, नीति मोहनलगायतका सेलिब्रेटीहरुले प्रस्तुती दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell