PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

दुई वर्षपछि 'होम सेन्टर' बाहिर कक्षा १२ को परीक्षा, कन्या मन्दिर स्कुलको दृश्य

दुई वर्षपछि 'होम सेन्टर' बाहिर कक्षा १२ को परीक्षा, कन्या मन्दिर स्कुलको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु भएको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

यही जेठ २५ गतेसम्म संचालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा संचालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाइएको हो। परीक्षा बिहान बिहान ८ देखि ११ बजेसम्म संचालन भएको थियो।

कन्या मन्दिर स्कुलमा परीक्षा दिन पुगेका विद्यार्थीहरुको तस्विर :

 



ट्रेन्डिङ पोस्ट

Ncell