काठमाडौं : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। राष्ट्रिय सभा गृहमा अहिले शपथ ग्रहण कार्यक्रम आयोजना भइरहेको छ। कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन्।
कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन्।
अहिले निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण कार्य भइरहेको छ।