काठमाडौं : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरुले शपथ लिएका हुन्।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले महानगर प्रमुख पदमा निर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)लाई शपग ग्रहण गराएका थिए। त्यसपछि प्रमुख बालेनले उपप्रमुख निर्वाचित नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए।
उपप्रमुखको शपथ ग्रहण पछि वडा अध्यक्ष र वडा सदस्यलाई पनि प्रमुख बालेनले शपथ ग्रहण गरेका गराएका थिए।
महानगरपालिकाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन्।