PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

महानगर प्रमुख वालेनको पत्रकारलाई जवाफ : फोहोर व्यवस्थापन नभएसम्म यसबारे अन्तर्वार्ता गर्दैनौँ



पहिलोपोस्ट

महानगर प्रमुख वालेनको पत्रकारलाई जवाफ : फोहोर व्यवस्थापन नभएसम्म यसबारे अन्तर्वार्ता गर्दैनौँ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह 'वालेन'ले फोहोर व्यवस्थापनको काम नसकिएसम्म यसबारे कुनै अन्तर्वार्ता नदिने बताएका छन्। काठमाडौं महानगर प्रमुखको रुपमा पदभार ग्रहण गरेपश्चात पत्रकारहरुले फोहोर व्यवस्थापनबारे प्रश्न गर्दा उनले यस्तो जवाफ दिएका हुन्।

'इन्टरभ्यू चाहीँ हामीले फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ, त्यो भइसकेपछि हामीले अन्तरक्रिया कार्यक्रमहरु गर्नेछौँ,' साहले भने।

फोहोरको व्यवस्थापनका लागि आफूहरुसँग विभिन्न योजनाहरु रहेको बताउँदै उनले त्यसलाई नै अहिले प्राथमिकतामा राखिएको सुनाए।

उनले भने, 'अहिलेको लागि चाहीँ फोहोर व्यवस्थापन नभएसम्म हामीले अन्तर्वार्ता पनि नगर्ने, अरु कुनै पनि काम नगर्ने, त्यसलाई प्राथमिकता दिनेछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell