PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

१६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी



पहिलोपोस्ट

१६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलका सदस्यको शव आजै काठमाडौं ल्याइने भएको छ।

आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। अहिले सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर शव संकलन गर्ने काम गरिरहेको छ।

अहिलेसम्म १६ वटा शव संकलन गरिएको नागरिक उड्डयन प्राविधिकरणले जानकारी दिएको छ। सोमबार दिउँसो ट्वीट गर्दै प्राधिकरणले १६ वटा शव संकलन गरिएको जानकारी दिएको हो।मुस्ताङको थसाङ-२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

आइतवार बिहान ९:५५ बजे पोखराबाट जोमसोम उडान गर्ने क्रममा तारा एयरको नाइन एन-एइटी कलसाइनको ट्‍वीनअटर सम्पर्कविहीन भएको थियो। जहाज पोखरा विमानस्थलबाट १९ जना यात्रु र तीनजना चालकदलसहित जोमसोमका लागि उडेको थियो। जहाजमा सवारमध्ये ४ जना महिला थिए। चालक दलका सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell