PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

तारा एयरको विमान दुर्घटना भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त



पहिलोपोस्ट

तारा एयरको विमान दुर्घटना भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसले तारा एयरको विमान दुर्घटना भएको घटनाप्रति दुःख प्रकट गरेको छ। कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा जीवन गुमाउनेमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ।

'२०७९ जेठ १५ गते आइतवार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज मुस्ताङको थसाङ गाउँपालिका-२ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण यात्रुहरुको निधन भएको घटनाप्रति नेपाली कांग्रेस दुःख प्रकट गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।

साथै, कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन संभाव्य सबै उपाय अबलम्बन गर्न नेपाल सरकारसँग माग समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell