PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

क्विन कंगनाको फ्लप धक्कड, आठौं दिनमा बिक्यो मात्र २० वटा टिकट!



पहिलोपोस्ट

क्विन कंगनाको फ्लप धक्कड, आठौं दिनमा बिक्यो मात्र २० वटा टिकट!
फिल्म स्क्रिनसट

कंगना रनावतको फिल्म धक्कडले ‘फल्प’ भएको छ। भारतीय बक्स अफिसमा उनको फिल्मको व्यापार निकै कमजोर देखिएको छ।

बलिउड हंगमाका अनुसार फिल्म रिलिज भएको आठौं दिनमा धक्कडको मात्र २० वटा टिकट बिक्री भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। सो दिन उक्त फिल्मले मात्र ४ हजार ४२० भारतीय रुपैयाँ कमाएको थियो।

कंगनाको एक्सन अवतार रहेको यस फिल्ममा अर्जुन रामपालको पनि मुख्य भूमिका छ। फिल्म फ्लप भएसँगै धक्कडलाई ओटीटीमा रिलिज गर्न पनि निर्माताहरुलाई गाह्रो हुने अनुमान गरिएको हो।

करिब ८० करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको सो फिल्मले हालसम्म ३ करोड रुपैयाँको मात्र व्यापार गरेको छ। यससँगै बलिउडकी क्विन भनेर चिचिने कंगनाको ९ वटा फिल्म फ्ल्प भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell