PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

झापा एफसी बी डिभिजनमा उक्लियो, वीरगंज र ओएसिस रेलिगेसनमा



पहिलोपोस्ट

झापा एफसी बी डिभिजनमा उक्लियो, वीरगंज र ओएसिस रेलिगेसनमा
Screenshot: elevensports.com

काठमाडौं: शहीद स्मारक सी डिभिजन लिगबाट झापा एफसी बी डिभिजन लिगमा प्रोमोसन भएको छ। आज सम्पन्न खेलमा वीरगंज युथ क्लबमाथि ५-० को फराकिलो जित निकालेसँगै झापाले बी डिभिजनमा स्थान सुरक्षित गरेको हो। आज सम्पन्न खेलमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गर्दा सन्तोष लावतीले एक गोल गरेका थिए।

झापाले १२ खेलबाट ३१ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा रहेका प्लानिङ बोइज र आरसी ३२ भन्दा तीन अंकको अग्रता बनाएको छ। दोस्रो र तेस्रो स्थानमा रहेका प्लानिङ र आरसी ३२ को समान २८ अंक बाँकी छ। यी दुई टोलीमध्य एक टोलीले पनि बी डिभिजनमा स्थान बनाउने छन्।

अर्कोतर्फ वीरगंज युथ एकेडेमी रेलिगेशनमा परेको छ। ओएसिस क्लब यसअघि नै रेलिगेशनमा परिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell