PahiloPost

Jul 3, 2024 | २० असार २०८१

हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता, कसरी अघि बढ्छ प्रकिया ?



पहिलोपोस्ट

हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता, कसरी अघि बढ्छ प्रकिया ?

काठमाडौं : बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रही हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता भएको हो।

उक्त प्रस्तावमा कांग्रेसकै सांसद प्रमिला राई, रंगमती शाही र सुजाता परियार छन्।

एक युवतीले आफूमाथि ८ वर्ष अघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि अहिदे हदम्यादबारे संसद र सडकमा चर्चा छ। अदालतमा समेत यो विषयले प्रवेश पाइसकेको छ।  

डिला प्रस्तावक रहेको प्रस्तावमा मुलुकी अपराध संहिताको दफा २१९(२) को हदम्यादको व्यवस्था हटाउन माग गरिएको छ। हदम्यादसम्बन्धी व्यवस्था पूर्णरुपमा हटाउन प्रस्तावमा माग गरिएको छ।

यसअघि राष्ट्रियसभामा समेत कांग्रेस सांसद कमला पन्तले हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता गराएकी थिइन्। उक्त प्रस्तावको समर्थकमा विमला राई पौड्याल, प्रमिला कुमारी, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका थिए। राष्ट्रिय सभा नियमावलीको नियम ७८ बमोजिम उक्त संकल्प प्रस्ताव दर्ता भएको थियो।

दर्ता प्रस्ताव सभाका सचिवाले सम्बन्धित शाखामा पठाउने छन्। सोपछि सचिवालयले विभागीय मन्त्रीसँगको परामर्शमा प्रस्ताव छलफलको प्रक्रिया अघि बढाउने छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रस्तावको विभागी मन्त्रालय हुने छ।

प्रस्तावमा प्रस्तावक र समर्थकले औचित्यबारे वक्तव्य दिएपछि विभागीय मन्त्रीले संसदमा जवाफ दिनपर्ने छ। साथै, संसद्ले उक्त प्रस्तावलाई स्वीकार गरे अघि बढाएमा कानुन संशोधनको संकल्प गरेको मानिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell