PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

काठमाडौं महानगरमा स्थायी ठेगाना भएकाहरुको राष्ट्रिय परिचयपत्रको 'लाइभ इनरोलमेन्ट' राष्ट्रिय सभागृहबाट



पहिलोपोस्ट

काठमाडौं महानगरमा स्थायी ठेगाना भएकाहरुको राष्ट्रिय परिचयपत्रको 'लाइभ इनरोलमेन्ट' राष्ट्रिय सभागृहबाट

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्थायी ठेगाना भएका नागरिकले राष्ट्रिय परिचय पत्रको लाइभ इनरोलमेन्ट गर्न जिल्ला प्रशासन कार्यालय जान नपर्ने भएको छ। जेठ १७ गतेबाट काठमाडौं महानगरपालिकामा स्थायी ठेगाना भएका नागरिकहरुको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहबाट लाइभ इनरोलमेन्ट हुने भएको छ।

काठमाडौं महानगरमा स्थायी ठेगाना रहेकाहरुसँगै काठमाडौं महानगरपालिकामा बसाई सराई वा विवाह गरी आउने सेवाग्राहीले पनि राष्ट्रियसभा गृहबाटै लाइभ इनरोल्मेन्ट गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा यसअघि वाग्मती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell