PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

वाग्मती प्रदेशमा बेरोजगार युवाहरूको लागि ‘गरिखाने अभियान’ सञ्चालनमा ल्याइने, नीति तथा कार्यक्रमको पूर्णपाठ



पहिलोपोस्ट

वाग्मती प्रदेशमा बेरोजगार युवाहरूको लागि ‘गरिखाने अभियान’ सञ्चालनमा ल्याइने, नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं : वाग्मती प्रदेश सरकारले स्थानीय कृषि उपजबाट उत्पादन गरिएका प्राकृतिक पौष्टिक आहार वितरण मार्फत बालबालिका, गर्भवती महिला, किशोरी एवं ज्येष्ठ नागरिकको पोषण स्वास्थ्यका लागि ‘जनता पोषण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। सोमवार यादव चन्द्र शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो उल्लेख गरिएको छ।

त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुला लगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने भएको छ। यसैगरी, मिर्गौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ।

यस्तै, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा परामर्श सेवा प्रवाह गर्न ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई थप प्रभावकारी बनाइ विस्तार गरिने भएको छ। ‘स्वदेशमै रोजगारी गरौँ’ भन्ने नाराका साथ विदेशबाट फर्केका तथा स्वदेश भित्र हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीको अवसरबाट वञ्चित युवाहरूलाई नवीन उद्यम मार्फत स्वरोजगार बनाउन सीप, श्रोत र साधन उपलब्ध गराउने गरी ‘गरिखाने अभियान’ सञ्चालनमा ल्याइने पनि बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell