PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

स्थानीय तह कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय



पहिलोपोस्ट

स्थानीय तह कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो।

स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बसेको थियो। अब हुने कार्यपालिका र समन्वय समितिको बैठकमा पनि गठबन्धन गरेरै अगाडि बढ्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।

'पाँच दलीय गठबन्धनको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्नुको साथै स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध पार्टीहरुबिच सहमति कायम गरी अगाडि बढन गठबन्धन सम्बद्ध दलका प्रदेश र जिल्ला स्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरियो,' मल्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell