PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

हाम्रोबजार डट कमबाट सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

हाम्रोबजार डट कमबाट सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा
फोटो : नेपाल प्रहरी।

काठमाडौं : सामान कुरियर गर्न लगाई अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा दाङको घोराही-१५ का ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, भारतको हैदरावाद रङरिडी मन्द्रुनगरका ३३ वर्षीय फेनि कुमार जेट्टी, सोही स्थानका २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट क्यानोन कम्पनीको क्यामेरा १ थान, विभिन्न कम्पनीहरुको ल्यापटप ३ थान, सामसुङ कम्पनीको ट्याब एस सेभेन १ थान, सामसुङ कम्पनीको स्मार्ट वाच १ थान, गितार १ थान, बुद्धको मुर्ति १ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान र एक लाख ६५ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ।

ल्यापटप, मोबाइल, क्यामेरालगायत सामाग्रीहरु बिक्री गर्नको लागि हाम्रोबजार डट कममा विज्ञापन राखिएकोमा उनीहरुले उक्त सामान किन्नको लागि क्रिस्टोफर पिलग्रिम नामबाट आफू अमेरिकामा रहेको र नेपालमा रहेको आफ्नो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्नेछ भनेर ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीहरुले कुरियर गरेको अतिरिक्त शुल्क ५ हजार रुपैयाँ दिन्छु भनी म्यासेज गरेको र निवेदकको बैंक खाता नम्बर समेत लिई विक्रम थापाको नाममा आँखा अस्पताल लाइन वडा नम्बर २ भैरहवा ठेगानामा उक्त ल्यापटप कुरियर गर्न लगाएको प्रहरीले जनाएको छ। ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत बैंक खातामा पठाएको छु भन्दै विश्वासमा पारेर कुरियर गर्न लगाई ट्याक्स तिर्न तथा स्विप कोड लिनको लागि समेत भनेको र मिन बहादुर थापाको नामको एनआइसी एसिया बैंकको खातामा ७० हजार रुपैयाँ पठाउन लगाएको बताइएको छ।

उनीहरुलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँग समन्वयमा जेठ १३ गते पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell