PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम परम्परा धान्ने प्रचलन जस्तो मात्रै : रमेश पौड्याल



पहिलोपोस्ट

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम परम्परा धान्ने प्रचलन जस्तो मात्रै : रमेश पौड्याल

हेटौँडा : विवेकशील साझा पार्टी वाग्मती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम परम्परा धान्ने प्रचलन जस्तो मात्रै भएको बताएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षमा जस्तो आएको नीति तथा कार्यक्रमकै निरन्तरता देखिएको बताएका हुन्।

‘नीति तथा कार्यक्रममा कुनै नयाँपन मैले पाइनँ। खासगरी सुशासनको मुद्दाहरुमा सरकारले मन्त्रालयका संख्याहरु घटाएर केही संदेश दिन सकिन्थ्यो। तर, त्यस्तो केही आएन’, उनले भने, ‘समग्रमा यो निराशाजनक छ। पहिलाकै कार्यक्रम दोहोरिएको हो यसमा नविनता केही पनि छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell