हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी वाग्मती प्रदेशसभा संसदीय दलकी नेता रिना गुरुङले वाग्मती सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम हास्यास्पद भएको बताईन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै उनले कार्यकालको अन्तिममा प्रदेशसभा र मन्त्रालयहरुको आफ्नै भवन बनाउने घोषणा भएको भन्दै जनतालाई हसाउने बाटो बनाएको दावी गरिन्।
‘नीति तथा कार्यक्रममा केही आयोगहरु कार्यकर्ताहरुलाई भर्ना गर्नकै लागि पनि खुलाउने तयारी गरिएको छ। तर , यसपाली नाराहरु भने कम छ,’ उनले भनिन्।