PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइयो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइए हो।

शवहरु काठमाडौं ल्याइसकेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने बताइएको छ। तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये हालसम्म २१ जनाको शव फेला परेको कम्पनीले जानकारी दिएको छ।

सो क्रममा पर्यटनमन्त्री प्रेम आले समेत सहभागी थिए।

विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell